काठमाडौं : सिनेमा ‘वरिष्ठ बलराम’को शुभ मुहूर्त गरिएको छ । निर्माणपक्षले आज काठमाडौंको बुढानीलकण्ठ मन्दिरमा पूजा गर्दै छायाँकन सुरु भएको छ । लक्ष्मी पूजाका दिन कात्तिक ३ गते रिलिज हुने सिनेमालाई सुरेन्द्र पौडेलले निर्देशन गर्नेछन् ।
दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राईको मुख्य भूमिका रहने सिनेमामा माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मीलगायतका कलाकारको पनि अभिनय रहनेछ ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहने सिनेमामा महेश दवाडीको लेखन रहने छ भने आशिस एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा रहेका छन् । सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’को छायाँकन चितवन र हेटौडाका विभिन्न जिल्लामा गरिनेछ । सिनेमाका डिओपी मानकृष्ण महर्जन रहेका छन् ।

तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको द्धन्द निर्देशन, प्रदीप लामाको कोरियोग्राफी रहने छ । ‘वरिष्ठ बलराम’ निर्माण वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मस्को सहकार्यमा हुनेछ । यो सिनेमालाई काठामाडौं उपत्यकामा डिसिएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीव्युसनले वितरण गर्ने भएका छन् ।















