काठमाडौं : ‘रंगी’ सलोन बस्नेतको निर्माणको हिसावले डेब्यु सिनेमा हो । तर उनको काम पहिलो सिनेमा मै परिपक्व देखिएको छ । देखाउने क्षेत्र भनेर समय समयमा बदनाम समेत हुने गरेको सिनेजगतमा सलोनले ‘रंगी’ निर्माणमा देखाएको संयमता र परिपक्वताबाट धेरै अग्रज सिनेकर्मीले पनि सिक्नु पर्ने देखिन्छ ।
सिनेमा प्रचारको समयमा विभिन्न सिनेकर्मीले भिन्न भिन्न प्रचार शैली प्रयोग गर्छन । कोही रुन्छ्न त कोही रुवाउँछन् । हलमा लाग्नु अघि दुनियाँ कै सर्वोउत्कृष्ट प्रोजेक्ट आफ्नो हो भन्छन् । तर केही समय लगत्तै आफुले खराव प्रोजेक्टमा काम गरेको भन्दै आफै कुरा काट्न आतुर देखिन्छन् ।
तर नया निर्माता सलोनलाई हेरौ न, उनको पहिलो सिनेमाको कथाबस्तु बलियो भएको सार्वजनिक सामाग्रीबाट स्पष्ट भैसकेको छ । त्यति मात्र होइन उनले बिना कुनै स्टन्ट आफ्नो सिनेमा प्रचार गरिरहेका छन् । अझ सिनेमाको मुख्य भुमिकामा रहेकी मल्लिका महतलाई उनको टिमले अन्त सम्म लुकाएर राख्न सफल भयो ।
अहिले सुरु मै सिनेमाको कथा खोल्दिने, नायक नायिकाको नाम बेचेर मात्रै सिनेमा चलाउने मात्रै नभएर देखाउन लायक जति सबै प्रमोसनका सामाग्री मै देखाई सक्ने प्रचलन छ । तर यो भिडमा सलोन भिन्न देखिएका छन् ।
बस्नेत परिवारको स्टन्टबाजीबाट हर कोही नेपाली दर्शक जानकार छन् । तर सानैबाट कलाजगतमा लागेका सलोन भने भिन्न देखिएका छन् । आगामी फागुन २ गते रिलिज हुने सिनेमा सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशकिय सिनेमा हो । सिनेमामा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ ।
सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको सिनेमामा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ । सिनेमालाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।















