Sur Cinema

ट्रेन्डिङको शिर्ष स्थान पछ्याउँदै ‘दुखी आत्मा’को ट्रेलर

काठमाडौं : सिनेमा ‘दुखी आत्मा’को ट्रेलर युट्युबको ट्रेन्डिङमा परेको छ । युट्युबको सिनेमा सेक्सन अन्तरगतको ट्रेन्डिङमै प्रवेश गरेको यो सिनेमाले दर्शकको उत्साहजनक साथ पाएको छ । हाल यो सिनेमाको ट्रेलर युट्युबको मुभी सेक्सन अन्तरगत ४ नम्बर ट्रेन्डिङमा छ ।

सिनेमाको कथावस्तु, प्रस्तुति, संवाद र कलाकारहरुको अभिनयलाई दर्शकले रुचाएका छन् । यस्तै, सिनेमाको ट्रेलर जापान, कतार र अष्ट्रेलियामा पनि ट्रेन्डिङमा छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो सिनेमामा हिमाल कडरियाको लगानी छ । सुदिप ढकाल कार्यकारी निर्माता रहेको यो फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ लगायतका कलाकारहरुको अभिनय छ ।

सिनेमाले यौन दुर्बलताको कथा भन्छ । दर्शकले नायक दयाहाङ राइको फरक भूमिका रहेकाले पनि सिनेमा हेर्न इच्छुक रहेको प्रतिक्रिया पनि दिएका छन् । दर्शकको उत्साहजनक प्रतिक्रिया पाएपछि यसको निर्माणपक्ष पनि उत्साहित देखिएको छ । फागुनको २ गते प्रेम दिवसको अवसर पारेर यो सिनेमा रिलिजमा आउँदैछ ।