Sur Cinema

सिनेमाघरमा ‘मिसिङः केटी हराएको सूचना’

काठमाडौं : आज शुक्रबारदेखि सिनेमा ‘मिसिङः केटी हराएको सूचना’ प्रदर्शनमा आएको छ । बुधबार सिनेमाको ललितपुरको लाबिम मलमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । प्रिमियरमा अधिकांश सिनेकर्मीहरुले सिनेमाको कथावस्तुसँगै कलाकारको अभिनय, निर्देशकीय पक्ष, प्राविधिक पक्षको तारिफ गरेका थिए ।

ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको सिनेमा ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो । सिनेमामा दीपेन्द्र गौचनको लेखन र निर्देशन छ । सिनेमामा नाजिर हुसेन, सृष्टि श्रेष्ठ, सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रूपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ ।

नकिम उद्दिन कार्यकारी निर्माता रहेको सिनेमामा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सहकार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।

सिनेमामा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, रामजी लामिछाने र राजीव कर्णको कोरियोग्राफी छ ।

ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको यो सिनेमालाई एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गरेका छन् ।