Sur Cinema

मायावी’को गीतमा टल टल टल्किएको पल र दीपिका

काठमाडौं : आगामी फागुनको १४ गतेबाट प्रदर्शन हुने सिनेमा ‘मायावी’को दोस्रो गीत सार्वजनिक भएको छ । निर्माणपक्षले सिनेमाको पहिलो गीत र पोस्टर सार्वजनिक गरेको केही दिनमै ‘टल टल टल्कियो’ बोलको दोस्रो गीत सार्वजनिक गरेको हो । सोमबार सार्वजनिक गरिएको यो गीतको भिडियोमा नायक पल शाह, नायिका दीपिका प्रसाइ, सुशिल सिटौला, करिश्मा श्रेष्ठ लगायतका कलाकारहरु प्रस्तुत छन् ।

सार्वजनिक गीतको भिडियोमा दीपिकाको अर्कैसँग इंगेजमेंट भएपछि पल शाहले यो गीत गाएको देखिन्छ । गीतको भिडियो निकै रमाइलो बनेको छ । एसडी योगी र रेश्मा पुनको स्वर रहेको यो गीतमा एसडी योगीकै संगीत, राम अविरलको शब्द, र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । क्रियटिम सिने आर्टस् र नेम महर्जनको लगानी रहेको चलचित्रमा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्त निर्माताको रुपमा छन् । साथै, सिनेमामा राजु पराजुली र सुमित वली सह–निर्माताको रुपमा छन् ।

सिनेमामा पल र दीपिकाको साथा सुशिल सिटौला, करिश्मा श्रेष्ठ र नव–कलाकार समीम खान, राजाराम पौडेल, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, रमा प्रसाँई, दीपेन्द्र सिम्खडा, संगीता सिलवाल लगायतका कलाकारहरुको पनि अभिनय छ । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको सिनेमाको कार्यकारी निर्माता प्रविन भट्टराई र करण सिंह हुन् । सिनेमामा मिलन श्रेष्ठको सम्पादन, बसन्त अधिकारीको सह–निर्देशन, शम्भुजित बास्कोटा र एसडी योगीको संगीत, कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी छ ।