काठमाडौँ : नवीन भट्ट निर्देशित हरर कमेडी सिनेमा ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार चलचित्र विकास बोर्डको हलमा एक कार्यक्रमका बिच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । झन्डै ३ मिनेट लामो ट्रेलरले सिनेमा गाउँघरमै बसेर विभिन्न पेशा अंगालेका ४ युवकहरुको जीवनमा एक युवतीको आगमनपछि उत्पन्न हुने परिस्थितिलाई हास्य शैलीमा प्रस्तुत गरिएको देखाइएको छ ।
माघ ४ गतेबाट प्रदर्शनमा आउने सिनेमा सन्दीप श्रेष्ठ, भावना उप्रेती, रविना केसी, पिटर प्रिन्स, मनोजकुमार अधिकारी, शंकर सेढाई, सूर्यमान लिम्बू, पुष्प अवस्थी लगायतको अभिनय छ । निर्देशक भट्ट र सन्दीप श्रेष्ठ मिलेर सिनेमाको स्क्रिप्ट लेखेका हुन् ।

मनोजकुमार अधिकारी सिनेमाका निर्माता हुन् । सिनेमा जितु तामाङको छायाङ्कन, केशवराज भट्टको कोरियोग्राफी, प्रशान्त शिवाकोटीको संगीत तथा अनन्त घिमिरेको सम्पादन रहेको सिनेमा बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण भएको हो । सिनेमालाई देशभर आरआर फिल्मस्ले वितरण गर्दैछ ।















