Sur Cinema

‘मायावी’को ‘त्यो माया हो’ : पल र दीपिकाको प्रेम अनुभूति

काठमाडौं : फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको सिनेमा ‘मायावी’को पहिलो गीत ‘त्यो माया हो’ सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको भिडियोमा सिनेमाका मुख्य दुई कलाकारहरु नायक पल शाह र नायिका दीपिका प्रसाँइको प्रेम अनुभूति हेर्न सकिन्छ । सार्वजनिक गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

गीतमा एसडी योगी र सदीक्षा कट्टेलको स्वर, राम अविरल बिष्टको शब्द र एसडी योगीकै संगीत छ । सिनेमामा राजु विक्रम थापाको डीओपी छ भने मिलन श्रेष्ठको सम्पादन रहेको छ । यो सिनेमामा दिवाकर भट्टराइको कथा, लेखन तथा निर्देशन छ । सिनेमामा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी छ ।प्रविण भट्टराई र करण सिंह कार्यकारी निर्माता रहेको सिनेमामा मञ्जु भण्डारी, राजु पराजुली र सुमित ओलीको सह–निर्माण छ ।

सिनेमामा पल  र दीपिकाको साथमा प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ, लक्ष्मी गिरी, अंशु महर्जन, राजाराम पौडेल, रवि डंगोल, राम प्रसाई, दीपेन्द्र सिम्खडा, संगीता सिलवालको अभिनय छ । यो सिनेमामा शम्भुजित बास्कोटा  र एसडी योगीको संगीत तथा साहिल खानको ट्रेलर छ । सिनेमाले प्रेम र मित्रताको आभाष दर्शकलाई गराउने निर्देशक भट्टराइको विश्वास छ । कमेडी, एक्सन र पारिवारिक सिनेमा चलिरहेको समयमा नेपाली सिनेमाले कही कतै लभ स्टोरी सिनेमाको अभाव महसुस गरिरहेको छ । यसलाई ‘मायावी’ले पुरा गर्ने अपेक्षा गर्न सकिन्छ ।