Sur Cinema

संजयको ‘हारे हारे’मा साम्राज्ञी र विशाल

काठमाडौं : संजय न्यौपानेको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो ‘हारे हारे’ सार्वजनिक गरिएको छ । बुधबार अंग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको म्युजिक भिडियोमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र विशाल खरेल फिचर्ड छन् ।

एलए स्टुडियो इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको म्युजिक भिडियोमा नेपाल आइडल सिजन २ बाट चर्चामा आएका सुमित पाठक र ममता गुरुङको स्वर सुन्न सकिन्छ । गीतको शब्ल रचना, कम्पोज र एरेञ्ज गायक पाठक स्वंयमले गरेका हुन् । सौरभ लामाको डिओपी रहेको म्युजिक भिडियोलाई निर्देशक न्यौपाने र कमल खतिवडाले निर्माण गरेका हुन् ।