Sur Cinema

जुत्ता ब्यवसायमा राजेन्द्र खड्गी

काठमाडौं : एक्सन स्टार राजेन्द्र खड्गीले ब्यवसाय सुरु गरेका छन् । उनले जुत्ताको ब्यवसाय सुरु गरेका हुन् । जुत्तामा आफ्नै डिजाइन रहेको बताउने उनले ब्रान्डको नाम आफ्नै नामबाट राखेका छन् ।

आरके बुट्स क्लव नाम राखेका जुत्ताका केही तस्विर सहित उनले मूल्य समेत सार्वजानिक गरेका छन् । एक जोर जुत्ता मूल्य रु पाँच हजारमा पाइने र यसमा उनी स्वयमले एक वर्षको ग्यारेन्टी दिने बताएका छन् ।

एक ताका सिने जगतको द्वन्दका क्षेत्रमा आफ्नै स्थान बनाएका राजेन्द्र हाल भने निष्क्रिय छन् । कामको हिसावले निष्क्रिय भए पनि उनको चर्चा भने भिन्न भिन्न तवरले भै नै रहेको हुन्छ ।