Sur Cinema

गीत ‘बन्धकी’ : रोमान्टिक बने नाजिर र अञ्जना

काठमाडौं : लोकप्रियताको शिखर चुम्दै गरेका गायक पुष्पन प्रधानले नयाँ गीत ल्याएका छन् । अभिनेत्री अञ्जना बराईली र अभिनेता नाजिर हुसेनलाई खेलाउँदै पुष्पनले नयाँ गीत ‘बन्धकी’ निकालेका हुन् ।

उनको नयाँ गीत जि टू वान डिजिटलको युट्युब च्यानल मार्फत रिलिज गरिएको हो । गीतको भिडियोलाई जि टू वानका प्रमुख समेत रहेका निर्देशक आशिफ शाहले निर्देशन गरेका हुन् ।

 रोमान्टिक जनरामा तयार गरिएको गीतमा शब्द,संगीत र गायन पुष्पन प्रधानले एकल रुपमा गरेका छन् ।