Sur Cinema

कलाकार बिनै सिनेमा ‘दशमी’को निर्माण घोषणा

काठमाडौं : कलाकार बिनै निर्देशक वसन्त निरौलाको सिनेमा ‘दशमी’को निर्माण घोषणा गरेको छ । शनिबार भक्तपुरको सूर्यविनायक गणेशथान मन्दिरमा स्क्रिप्ट पूजा गर्दै सिनेमाको निर्माणको घोषणा गरिएको हो ।

सिनेमा रेड आई फिल्म्स र रोमन फिल्म्सको प्रस्तुतिमा निर्माण हुन् लागेको हो । सिनेमामा राजकुमार पण्डितको लगानी रहनेछ भने सिनेमाको लेखक दिलीप रानाभाट हुन् । सिनेमाको निर्मातामा राजाराम बुढाथोकी, समीर पण्डित, सौगात पण्डित, पदम तामाङ र भीमप्रसाद आचार्य छन् ।

विजय बस्याल कार्यकारी निर्माता रहेको सिनेमामा ‘ज्वाइँ साब’ कै निर्माण टिम देखिएको छ । सिनेमाको आगामी दसैंको फूलपातीका दिन रिलिज हुने घोषणा गरिएको छ ।