Sur Cinema

५ दिने ‘फिल्म मेकिङ मास्टरक्लास’ सुरु

काठमाडौं : चलचित्र विकास बोर्डको आयोजनामा  मंसिर २८ गतेबाट ५ दिने “फिल्ममेकिङ मास्टरक्लास” सुरु भएको छ । ५४ जना सिनेमाका विद्यार्थी तथा सिनेकर्मिहरुको सकृय सहभागिता रहेको यस माष्टरक्लाशको उद्देश्य अंग्रेजी तथा अन्य विदेशी सिनेमा सरह दृश्य सोच तथा उत्पादन गर्न सक्ने क्षमता अभिवृद्धि रहेको छ । यस माष्टरक्लसलाई अष्ट्रेलियामा सिनेमा विषयमा स्नातकोत्तर गरेका सरोज कुमार चौहान ले नेतृत्व गरेका छन् ।  

यो कार्यशालाले सिनेमा निर्माणमा आफ्नो ज्ञान र सीपहरू गहिरो बनाउन चाहने विद्यार्थीहरूलाई उत्कृष्ट सिक्ने अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

प्रत्यक्ष सिनेमा निर्माण प्रदर्शन र ह्यान्ड्स(अन अवसरहरू मार्फत, सहभागीहरूले सिनेम्याटोग्राफी, प्रकाश, कला डिजाइन, स्टेजिङ र निर्देशनको उपयोगद्वारा हलिउड सिनेमा लुक सिर्जना गर्न अवधारणादेखि स्क्रिनसम्म सिनेम्याटिक प्रक्रियामा फष्ट ह्यान्ड अन्तर्दृष्टि प्राप्त गर्ने प्रमुख प्रशिक्षक समेत रहेका चौहानले बताए । यो कार्यक्रम सिनेपाल स्टुडियो, भैसेपाटीमा सञ्चालन भईरहेको छ ।

यो प्रशिक्षण पश्चात सहभागिहरुले एक एक लघु सिनेमाको निर्माण गरि पौष ५ गते चलचित्र विकास बोर्डको प्रेक्षालयमा हुने समापन कार्यक्रममा प्रदर्शन गर्दै समापन गर्ने योजना रहेको चलचित्र विकास बोर्ड श्रोतले जनाएको छ ।