काठमाडौं : ग्रीन प्यारोटस् फिल्म प्रोडक्सन प्रालिको व्यानरमा निर्माण हुने सिनेमा ‘प्रेम गीता’को छायांकन सुरु भएको छ । राजेन्द्र बस्नेतको ‘डेब्यू’ निर्देशन रहने सिनेमाको काभ्रेको पाँचखालबाट सोमबारदेखि छायांकन सुरु भएको हो ।
सिनेमामा सुशील पोखरेल, जान्ह्वी बस्नेत, साजिद खान, आशा पौडेल, अर्जुन गुरुङ (भँगेरी डन), दीपक केसी, खुश्बु पाण्डे, माधव केसी, मानसी शर्मा, दीपशन लिम्बु, मौसम खड्का र ममता माझीको अभिनय रहनेछ ।
साजिद खान प्रस्तुतकर्ता रहेको सिनेमामा अयाज अलि खान निर्माता छन् भने विनयराज पौडेल मुख्य सहायक निर्देशक रहेको छ । सिनेमामा मौनता श्रेष्ठको लेखन, रामेश्वर हुँमागाईको छायांकन, भरत बस्नेतको संगीत, राजु किराँतको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी र रवि केसीको श्रृंगार रहनेछ ।
निर्देशक बस्नेतका अनुसार काठमाडौं र काभ्रे आसपासमा रहेर २५ दिनको समय तालिकामा सिनेमा छायांकन हुनेछ ।















