काठमाडौं : हिन्दु यूवति र मुस्लिम यूवकबिचको प्रेम सम्बन्धलाई मध्यनजर गर्दै तयार पारिएको ‘कन्या राशी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बद्री पंगेनी र समिक्षा अधिकारीको स्वर रहेको गीतले धार्मिक सद्भावको सन्देश दिएका छन् ।
नारायण ज्ञवालीको शब्द रहेको गीतको भिडियोमा प्रभात पाल ठकुरी, बिहानी पंगेनी, अशोक पंगेनी, हमिद मियाँ, भवानी पंगेनी, श्याम पटेलको अभिनय हेर्न सकिन्छ ।
बिहीबार युट्युबमा सार्वजनिक भएको गीत बद्री स्वयंले निर्देशन गरेका हुन् भने मोडेल बिहानी गायक बद्री पंगेनी छोरी हुन् साथै प्रभात पाल पछिल्लो समयको चर्चित मोडेल तथा नायक हुन् ।















