काठमाडौं : सन्जय न्यौपानेको निर्देशनमा तयार भएको म्युजिक भिडियो ‘मालती’ सार्वजनिक भएको छ । भिडियोमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र विशाल खरेलले अभिनय गरेका छन् ।
एक साताभन्दा बढि समय लगाएर छायांकन गरिएको यो नेपाली म्युजिक भिडियोको इतिहासमा सबैभन्दा ठुलो लगानीमा बनेको भिडियो हो । दशैंअघि थाइल्याण्डमा छायांकन गरिएको यो भिडियोमा ६० लाख भन्दा बढि खर्च रहेको निर्देशक सञ्जय न्यौपानेले बताएका छन् ।
गीतमा साम्राज्ञी र विशालको साथमा थाइल्याण्डका मंहगा मोडलहरुलाई कोरसको रुपमा प्रयोग गरिएको छ । साम्राज्ञी र विशाललाई उक्त गीतमा रोमान्टिक मुडमा देख्न सकिन्छ ।
यो गीतमा सुरज विक्रम थापा (बुलेट फ्लो) र डिवी यो म्याजेस्टीको शब्द तथा संगीत अनि ममता गुरुङ र बुलेट फ्लो र डिवी यो म्याजेस्टीको स्वर रहेको छ । सौरभ लामाले खिचेको म्युजिक भिडियोलाई कमल खतिवडा र निर्देशक न्यौपानेले निर्माण गरेका हुन् । लोकेन्द्र सुब्बाको सम्पादन रहेको म्युजिक भिडियोका प्रोडक्सन म्यानेजर थाइल्याण्डमा ओस्कार डिपिपी हुन् ।















