Sur Cinema

‘दशैंको सम्झना’ : मौलिक शब्दहरु समाबेश सङ्गै यथार्थ परक गीत

काठमाडौँ : नेपालीहरुको महान चाड दशैं आउनै लाग्दा दशैँका गीतहरु सार्वजनिक हुने क्रम बढेको छ । यसै क्रममा दशैं गीत ‘दशैंको सम्झना’ सार्वजनिक गरिएको छ।


सुदन गैह्रेको स्वरमा रहेको गीतमा शब्द रचना राधा पौडेलको र संगीत देवेन्द्र बरालको रहेको छ। मौलिक शब्दहरु समाबेश गीत यथार्थ परक छ। बिश्व अधिकारीले संगीत संयोजन गरेको गीतको भिडियोको सम्पादन र कलर बिष्णु खड्काले गरेका हुन्।

आकाशैमा टह टह, जुन लागेको बेला

गैरी खेतमा लह लह,धान झुलेको बेला

सुनाखरी बुकी फूल तितेपाती फुल्दा

प्यारो लाग्थ्यो दशैं मलाई मेरै गाउँ डुल्दा यस्ता शब्दहरुले गीतलाई मिठास दिएको छ । गायक सुदन गैह्रेको स्वरमा थुप्रै गीतहरु सार्वजनिक भई सकेका छन्। सुदन परदेशमा रहे पनि नेपाली गीत संगीतमा सक्रिय छन्।