Sur Cinema

आयुष्मानले गरे पिटर इंग्ल्याण्डको उद्घाटन

काठमाडौं : चर्चित अभिनेता आयुष्मान जोशीले शुक्रबार अग्रणी अन्तर्राष्ट्रिय कपडा ब्राण्ड पिटर इंग्ल्याण्डको कुमारीपाटीमा नयाँ स्टोरको उद्घाटन गरेका छन् ।

आदित्य बिरला फेसन एण्ड रिटेल लिमिटेड अन्तर्गतको पिटर इंग्ल्याण्डले विभिन्न मुलुकमा किफायती मूल्यमा उच्च गुणस्तरीय फेसन सामग्री उपलब्ध गराउँदै आएको छ ।

पिटर इंग्ल्याण्डका प्रमुख अपरेटिङ अफिसर अनिल एस कुमारले काठमाडौँमा तेस्रो स्टोरको उद्घाटनसँगै काठमाडौँमा आफ्नो उपस्थिति विस्तार गर्न पाउँदा उत्साहित भएको बताए ।

१८८९ मा आयरल्याण्डमा स्थापना भएको पिटर इंग्ल्याण्ड पुरुषका कपडाका लागि भारतको सबैभन्दा ठूलो ब्राण्ड हो । यसका भारतका ८ सय सहरमा १ हजार १ सयभन्दा बढी स्टोर छन् ।

लामो समयदेखि गुणस्तर र विश्वासनीयताका लागि परिचित पिटर इंग्ल्याण्डलाई इकोनोमिक टाइम्स ब्रान्ड इक्विटी सर्वेक्षणले लगातार ७ वर्षसम्म भारतको सबैभन्दा विश्वसनीय र उत्कृष्ट पोशाक ब्रान्डको मान्यता दिएको छ ।