Sur Cinema

‘पूर्ण बहादुरको सारङ्गी’को गीत ‘दाहिने हातैमा’ सार्वजनिक

काठमाडौं : सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो गीत सार्वजनिक भएको छ । निर्माणपक्षले शनिबार सिनेमाको दोस्रो गीत ‘दाहिने हातैमा’मा सेभेन सिस सिनेमा युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो ।

गीतले दुःख मात्रै होइन प्रेमको कुरा पनि गरेको छ । लुकीलुकी चौतारीमा मायालुसँग भेटेको प्रसंग गीतले समेटेको छ । मायालुको बखान गरेको गीतले मायाको छेउमा पुग्दा सपनीबाट ब्युझिएको प्रष्ट पार्दै ड्रिम सिक्वेन्स भएको जानकारी दिएको छ ।

गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त शिवाकोटीको छ । गीतले सिनेमाका प्रमुख पात्रहरूको जीवनको कथा भनेको छ । रातबिहान होस् वा घाम अथवा झरी रुझ्दै र घाममा टट्दिै गाउँगाउँ हिँड्नु परेको गन्दर्भको यथार्थ गीतले प्रष्ट पारेको छ ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको सिनेमा कात्तिक १५ गते रिलिज हुँदैछ । सिनेमामा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ ।

सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् ।