Sur Cinema

खेम परियारको स्वरमा “सिमल काडैमा” सार्वजनिक

काठमाडौं : पुर्वेली लोक गीत ‘सिमल काडैमा’ सार्वजनिक भएको छ । बाल्यकाल देखि नै गायनमा रुचि भएका इलाम जितपुरका खेम परियारले पहिलो पटक सिमल काडैमा बोलको गीत रेकर्ड गराएका हुन् ।

स्थानिय कार्यक्रम र प्रतियोगितामा धेरै पटक बिजयी भए पनि यसरी गीत रेकर्ड गरेको भने उनको पहिलो गीत हो यो । गीतमा खेम कै शब्द संगीत रहेको छ । गायनमा भने उनलाई अन्जु गौतमले साथ दिएकी छन् । गीतमा संगीत संयोजन कुन्दन राईको रहेको छ । गीतको भिडियो समेत छिट्टै ल्याउने गायक खेमको तयारी रहेको छ ।