काठमाडौं : एक मात्र कलाकारद्वारा अभिनित पहिलो नेपाली सिनेमा ‘अन्तिम पाना’को टिजर सार्वजनिक गरिएको छ ।
टिजरमा सिनेमाको एक मात्र कलाकार रहेका उमेश कार्कीको जीवन यात्रालाई देखाईको छ । उनीलाई द्वन्द्वबाट ग्रसित पात्रको रुपमा देखाईएको छ । उनीलाई हिड्नु पर्छ भन्ने थाहा नभएपनी रोकिनुहुन्न भन्ने थाहा छ ।
यो सिनेमालाई जीवन थापा क्षितिजले लेखेका हुन् भने उनीले नै निर्देशन समेत गरेका हुन् । यो सिनेमा एक मात्र कलाकारले अभिनय गरेको नेपालकै पहिलो सिनेमा हो ।
सिनेमाको डिओपी केदार राई हुन् भने निर्माता दिवाज राई किराँती हुन् । सिनेमालाई सम्पादन भने विपिन्न मल्लले गरेका छन् । निर्माण पक्षको अनुसार यो सिनेमा यहि दशैँमा रिलिज हुने तयारीमा छ ।















