काठमाडौं : नायक पल शाह र नायिका पुजा शर्मा अभिनित सिनेमा ‘रावायण’को रि-सेन्सर गरिएको छ । रि-सेन्सर गरिएसँगै सोमबार(आज) विहानै बाट अब सिनेमा १६ वर्ष मुनिका बाल बालिका लगायत सबै उमेरका दर्शकले हेर्न सक्ने छन् ।
२,३ संवादमा बिप र २,३ सट मा ब्लर गरि केन्द्रिय चलचित्र जाँच समितिले सुदर्शन थापा निर्देशित सिनेमा ‘रावायण’लार्ई पिजी सर्टिफिकेट दिएको हो । यससँगै अब सम्पुर्ण परिवारले एकसाथ बसेर सिनेमा हेर्न पाउने भएका छन् ।

यसअघि हिंसात्मक दृश्यको प्रशस्त प्रयोग भएको भन्दै केन्द्रिय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले सिनेमा ‘रावायण’लाई ‘एडल्ट’ सर्टिफिकेट दिएको थियो । टिजर, ट्रेलर र गीतबाट राम्रै चर्चा बटुलेको सिनेमाले हलमा पनि दर्शकको उत्साह जनक साथ पाइरहेको छ ।
सिनेमामा पूजा शर्मा र पल शाह मुख्य भूमिकामा छन्। सिनेमामा पूजा र पलसहित प्रमोद अग्रहरी, प्रकाश शाह, प्रियंका कार्की, निकीता चण्डक, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल लगायतको अभिनय छ।















