काठमाडौँ : हरितालिका तीजको अवसर पारेर सिनेमा ‘वसन्त’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा सिनेमाका प्रमुख ५ कलाकारको चरित्र चित्रण छ । जसलाई विद्यार्थीको पोसाकमा देखाइएको छ ।
पोस्टरमा स्वस्तिमा खड्काको पात्रको नाम शान्ति शर्मा, प्रभात पाल ठकुरीको प्रेम आर क्षेत्री, खड्गबहादुर पुन (खबपु)को सत्यबहादुर मगर, प्रकाश सपुतको वसन्त विक र शिवांसी श्रीको सपना विक नाम राखिएको छ ।

केही समय अगाडि बाग्लुङकै कालिका मन्दिरमा शुभसाइत गरिएको सिनेमाको छायांकन शनिबारबाट सुरु हुने बताईएको छ । प्रकाश सपुतको निर्देशन रहने सिनेमाको निर्माण कम्पनी गलबन्दी प्रोडक्सन हो ।
कथा र सङ्गीत समेत सपुतकै रहने सिनेमाको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नाना थकाली हुन् । सिनेमाको प्रदर्शन आगामी चैत २२ गते तय गरिएको छ ।















