Sur Cinema

‘खुस्मा’को नयाँ गीत ‘रुकुम मैकोट’ : चर्चा बढ्दै, पर्‍यो युट्युबको ट्रेन्डिङ १ मा

काठमाडौं : आगामी असोज ३ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘खुस्मा’को नयाँ गीत ‘रुकुम मैकोट’ यतिबेला युट्युबको ट्रेन्डिङमा पर्न सफल भएको छ। गत आइतबार सार्वजनिक भएको गीत यतिबेला युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा परेको छ।

गीतमा एसडी योगी र शान्तिश्री परियार स्वर रहेको छ। गीतको मेलोडी एसडीले निर्माण गरेका हुन्। लोक प्याटर्नमा आधारित गीत यतिबेला चर्चामा छ। टिकटकमा एकछत्र राज गरेको छ गीतले। छोटो समयमै गीतले युट्युबमा ६ लाख बढी भ्युज पाउन सफल पनि भएको छ।

भिडियोमा सिनेमाका मुख्य नायक धिरज मगर र नायिका उपासना सिङ ठकुरीको छमछमी नृत्य देख्न सकिन्छ। उनीहरू निकै मौलिक पहिरनमा छन्। मगर समुदायको भेषभुषामा सजिएका उनीहरूको नृत्यले दर्शकको ध्यान खिच्छ।

द्वन्दकालको प्रेम कथामा आधारित सिनेमालाई असोक थापा मगरले निर्देशन गरेका हुन्। उसो त सिनेमाको कथा पनि असोकले नै लेखेका हुन्। रुकुमका विभिन्न स्थानहरुमा सिनेमाको छायांकन गरिएको हो। धिरज र उपासनाका अलावा सिनेमामा माओत्से गुरुङ, राज थापा काउचा, सुजाना राई, अस्तित्व भट्टचन लगायतका कलाकारहरुको पनि सिनेमामा रहेको छ।

वीर बहादुर लामा, चन्द्र भट्टचन, वेताने मगर र मान बहादुर धना मगर सिनेमाका निर्माता हुन्। सह-निर्मातामा भने सुस्मिता बुढाथोकी रहेकी छिन्। सिनेमालाई दीपक बज्राचार्यले खिचेका हुन्। असोक स्वयंले सिनेमाको सम्पादन गरेका हुन्। ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेन सिनेमाका पोस्टर तथा पब्लिसिटी डिजाइनर हुन्।