काठमाडौं : आजदेखि देशभकार सिनेमाघरमा सिनेमा ‘वर एण्ड वधु’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदर्शनअन्तर्गत मिलन चाम्स निर्देशित सिनेमा ‘वर एण्ड वधु’ आजदेखि देशभरका सिनेमाघरमा आएको हो । यो सिनेमाको मोफसल प्रिमियर पोखरा र काठमाडौंमा गरिएको थियो । मंगलबार पोखरा प्रिमियर गरिएको यो सिनेमाको बुधबार काठमाडौंमा प्रिमियर गरिएको थियो ।
प्रिमियरमा सिनेमालाई राम्रो प्रतिक्रिया मिलेको छ । रोमान्टिक कमेडी जनराको यो सिनेमा एलआरके इन्टरटेन्मेन्टको व्यानरमा निर्माण गरिएको हो । सिनेमाका कार्यकारी निर्माता अमित रिजाल हुनुहुन्छ । सिनेमाको छायांकन नेपाल, रोमानिया, फ्रान्स, इटाली र स्पेनमा गरिएको हो ।
सिनेमामा आँचल शर्मा, विवेक कर्माचार्य, विजय लामा, किरण केसी, रविन्द्र खड्का, हिउँवाला गौतम, सरिता लामिछाने, अन्सु महर्जन, दिनेश काफ्ले, यमन श्रेष्ठ, श्रृष्टि खड्का, हिमेश पन्त, कुसुम शर्मा, सीता न्यौपाने, गरिमा शर्मालगायतको अभिनय छ । यो सिनेमाले मल्टिप्लेक्समा सुखद् शो पाएको छ ।















