Sur Cinema

सरुको ‘नाम जोडियो’

काठमाडौं : नेपालीको महिलाहरूको महान् चाड तीज नजिकिँदै जादा तीजसम्बन्धी गीतहरू सार्वजनिक भइरहेका छन् । यसै सन्दर्भमा सरु गौतमको स्वरमा रहेको तीज गीत ‘नाम जोडियो’ सार्वजनिक भएको छ ।

कुमार कटुवालको शब्द, दीपक शर्माको सङ्गीत, पुरुषोत्तम सुवेदीको एरेञ्ज र किशोर थापाको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

जेरी भण्डारीको निर्देशन एवं कोरियोग्राफी रहेको गीतको भिडियोमा गराँस ढकाल, सोनी महत, आयुसी ढकाल र रोनियन अधिकारीलगायतलाई फिचरिङ गरिएको छ । राजेश घिमिरेको छायांकन रहेको गीतको भिडियोमा विकास ज्ञवालीको सम्पादन छ ।