काठमाडौं : आगामी भदौ २१ गते रिलिज हुने सिनेमा ‘रावायण’ को विदेश प्रदर्शन अधिकार बिक्री सुरू भएको छ । यही क्रममा सिनेमाको मध्यपूर्व र मलेशिया अधिकार महंगो मूल्यमा बिक्री भएको छ । निर्माण पक्षका अनुसार साथीभाइ इन्टरटेनमेन्टले मध्यपूर्व र मलेशिया अधिकार किनेको हो । निर्माण पक्षले कति मूल्यमा सिनेमा बिक्री भएको हो भन्ने खुलाएको छैन् ।
पछिल्लोपटक सार्वजनिक सिनेमाको शीर्ष गीतले सिनेवृत्तमा राम्रो हाइप बनाएको छ । सिनेमाको पोस्टर, टिजरले पनि दर्शकमाझ कौतुहलता जगाएकोले महंगो रकममा सिनेमा किनेको साथीभाइ इन्टरटेनमेन्टले जनाएको छ ।

सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको सिनेमाकी निर्माता पुजा शर्मा हुन् । सिनेमामा सुशन पाठक कार्यकारी निर्माता छन् । सिनेमामा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, कैलाश रावल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी र सुहान श्रेष्ठको अभिनय छ ।
सिनेमामा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तव र राज गौरवको ओरिजिनल हिन्दी स्क्रिप्ट, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, प्रमोद श्रीनिवासनको साउण्ड डिजाइन, निरज सिंह, रेवन आरती सिंहको संगीत, नकासा अजिज, कुनाल गान्जावाला, सोनु कक्करको स्वर, डा. कृष्णहरि बराल र प्रदीप श्रीवास्तवको शब्द, रेवन आरती सिंहको ओरिजिनल ब्याकग्राउण्ड स्कोर, उमेश चौधरीको आर्ट डिरेक्सन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर, विजय बस्यालको पोस्टर डिजाइन, नविन पुरीको प्रोडक्सन डिजाइन छ ।















