Sur Cinema

‘रावायण’को शीर्ष गीत : पल र पूजाको दमदार नृत्य

काठमाडौं : सिनेमा ‘रावायण’को शीर्ष गीत सार्वजनिक भएको छ । विक्रम स्वारको कोरियोग्राफी रहेको यो गीतको भिडियोमा नायक पल शाह र नायिका पूजा शर्माको दमदार नृत्य हेर्न सकिन्छ । यो शीर्ष गीतमा रेवन आरती सिंहको संगीत, नाकास अजिजको स्वर तथा डाक्टर कृष्णहरि बरालको शब्द छ । 

भाद्र २१ गतेबाट रिलिजमा आउन लागेको सिनेमामा सुदर्शन थापाको निर्देशन तथा पूजा शर्मा लगानी रहेको छ । सिनेमामा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, अर्जुन जंग शाही, शर्मिला मल्ल, कैलाश रावल, प्रदीप ढकाल लगायतका कलाकारहरुको अभिनय छ । 

सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो सिनेमामा विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, मिलन श्रेष्ठको सम्पादन, सौरभ लामाको डीओपी छ । सुदर्शन थापाको कथा रहेको सिनेमामा शिवम् अधिकारीको लेखन छ । सिनेमाको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल पार्टनरको रुपमा ओएसआर डिजीटल रहेको छ ।