Sur Cinema

‘ज्वाई साब’का लागि बत्तीको कसम खाँदै निशान र समिक्षा

काठमाडौं : बसन्त निरौलाको  निर्देशनमा तयार भएको सिनेमा ‘ज्वाई साब’को हाल पोष्ट प्रोडक्शनको काम चलिरहेको छ । यसैबिच,  सिनेमाका लागि एक रोमान्टिक गीतको रेकर्डिङ गरिएको छ ।

‘कसम बत्तीको’ बोलको गीतमा गायक निशान भट्टराई र गायिका समिक्षा अधिकारीले स्वर भरेका छन् । यादव लम्सालको शब्द रहेको यो गीतमा अर्जुन पोखरेलको संगीत छ । यो गीतमा सिनेमाका मुख्य दुई कलाकार जितु नेपाल र नीति शाहलाई फिचरिङ गरिनेछ । निर्माणपक्षले यही एउटा गीतको छायांकन बाँकी राखेर अन्य छायांकन सबै सकेको हो ।

राजकुमार पण्डितको प्रस्तुतिमा तयार भएको सिनेमामा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र  मौसम फिल्मस्को सहकार्य निर्माण भएको सिनेमामा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।

विजय बस्याल कार्यकारी निर्माता रहेको सिनेमामा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ । यो सिनेमामा वुद्दि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे लगायतका कलाकारहरुको अभिनय छ ।