Sur Cinema

‘रावायण’को दोस्रो पोस्टर : गम्भीर भाव भएको पलको अगाडी तर्किएकी पूजा

काठमाडौं । आगामी भदौ २१ गतेबाट रिलिज हुने सिनेमा ‘रावायण’को दोस्रो पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा सिनेमाका नायक पल शाह र नायिका पुजा शर्मा फिचर्ड छन् । यसअघि सिनेमाको सार्वजनिक पलको सोलो पोस्टरले बजारमा राम्रै चर्चा पाएको थियो ।

दुवैको पृष्ठभूमिमा ‘एसिड आक्रमण गर्ने अपराधीलाई कारवाही गर’ भन्ने व्यानरसहित प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेका एक समूहलाई देख्न सकिन्छ । यो तस्वीर हेर्दा सिनेमा एसिड आक्रमणविरुद्ध बोल्छ भन्ने बुझ्न सकिन्छ ।

सिनेमाका निर्देशक सुदर्शन थापा हुन् । सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको सिनेमाकी निर्माता पुजा शर्मा हुन् । सिनेमामा सुशन पाठक कार्यकारी निर्माता छन् ।

सिनेमाको एक्सनपूर्ण टिजर पनि सार्वजनिक भइसकेको छ । टिजर सार्वजनिक भएसँगै पलको एक्सनको सबैले तारिफ गरेका छन् । सिनेमामा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाललगायतको अभिनय छ ।

सिनेमामा सुदर्शन थापाको कथा, शिवम् अधिकारीको लेखन, प्रदीप श्रीवास्तव र राज गौरवको ओरिजिनल हिन्दी स्क्रिप्ट, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, प्रमोद श्रीनिवासनको साउण्ड डिजाइन, निरज सिंह, रेवन आरती सिंहको संगीत, नकासा अजिज, कुनाल गान्जावाला, सोनु कक्करको स्वर, डा. कृष्णहरि बराल र प्रदीप श्रीवास्तवको शब्द, रेवन आरती सिंहको ओरिजिनल ब्याकग्राउण्ड स्कोर, उमेश चौधरीको आर्ट डिरेक्सन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर, विजय बस्यालको पोस्टर डिजाइन, नविन पुरीको प्रोडक्सन डिजाइन छ ।

सिनेमाको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल पार्टनरको रुपमा ओएसआर डिजीटल रहेको छ ।