काठमाडौं : ८ वर्षपछि अभिनेता राजेश हमालले सिनेमामा कमब्याक गर्ने भएका छन् । निर्देशक दीवाकर भट्टराईको निर्देशनमा तयार हुने सिनेमा बाट उनले कमब्याक गर्न लागेका हुन् । आइतबार निर्माण पक्ष र हमालबीच लिखित सम्झौता भएको हो । यसको जानकारी हमाल स्वयंले सामाजिक सञ्जालबाट गराएका छन् । नाम तय हुन बाँकी सिनेमा एक्सन जनरामा हुनेछ ।
सन् २०१६ मा रिलिज भएको सिनेमा ‘शकुन्तला’को असफलतापछि उनले अफर आएका दर्जनौं सिनेमा अस्वीकार गरेका कुराहरु मिडियामा मसला बनिरहेको थियो । तर, कमब्याकका लागि उनले ‘सत्यम्’ र ‘मायाको माया’ गरी दुई सिनेमा सम्झौता नगरेका पनि होईन । तर ती सिनेमा निर्माण भएनन् । अब दीवाकरको सिनेमाबाट हमालको कमब्याक कस्तो होला त ?















