काठमाडौं : बाल मनोविज्ञानमा आधारित रहेर सिनेमा ‘रोल नं १’ निर्माण हुने भएको छ । सेभेन सिज सिनेमाको प्रस्तुति रहने सिनेमाको फस्टलुक सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो । सिनेमामा जोन योञ्जनको कथा र निर्देशन रहनेछ ।
फस्टलुकमा कक्षाकोठामा लास्ट बेन्चबाट एक बालक हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको देखाइएको छ । उसको पृष्ठभूमिमा निलो सर्ट लगाएका विद्यार्थी र उनीहरूलाई पढाई रहेकी एक शिक्षिका देख्न सकिन्छ ।सिनेमामा महेश दवाडीको पटकथा तथा संवाद र प्रशान्त शिवाकोटीको सङ्गीत रहनेछ ।















