काठमाडौं : सुरेन्द्र बसेलको निर्देशनमा ‘मायाको अर्थ’ सार्वजनिक भएको छ । जयन जे वाईवा र सुरेन्द्र बसेलले लेखेको शब्दमा संगीतको काम जयनले नै गरेका छन् । प्रविशा अधिकारी र निराजन प्रधानको स्वर रहेको गीतको भिडियोमा विमल अधिकारी र मोनिका बुढाथोकी फिचर्ड छन् ।
उक्त म्युजिक भिडियोलाई सुविन गोदारले खिचेका हुन् । राकेश दाहालले कलरिङ र सम्पादनको काम हेरेका छन् भने श्रिङ्गारको जिम्मा बबिता पोखरेलको रहेको छ ।















