Sur Cinema

‘सतीदेवी’ ट्रेलर : पितृसत्तात्मक समाजलाई कटाक्ष

काठमाडौं : लक्ष्मण सुवेदीको निर्देशनमा निर्माण भएको सिनेमा ‘सतीदेवी’को ट्रेलर रिलिज भएको छ । विहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो ।

छोराको चाहनामा छोरीलाई तिलाञ्जली दिने पितृसत्तात्मक समाजलाई उक्त ट्रेलरमा देखाईएको छ।सिनेमाको शीर्ष पात्र सतीदेवीको भूमिका अभिनेत्री मलिका महतले निवार्ह गरेकी छन् ।

सिनेमामा मलिकाका अलावा रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सृजना अधिकारी, मनिषा सापकोटा, सुजिता सिवाकोटी, तुलसी श्रेष्ठको पनि अभिनय छ । निर्देशक सुवेदी स्वयंको लेखन रहेको सिनेमाको निर्माता श्रीदेवी, दिलासा र सारा सुवेदी हुन् ।

दिलाशा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको संयुक्त प्रस्तुति रहेको सिनेमामा बाबु श्रेष्ठले छायांकन, दीपक शर्मा र सुवास भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी छ ।