काठमाडौं : सिनेमा “मोदीबेनी” प्रदर्शन संघारमा छ अर्थात यहि शुक्रबार बाट पदर्शन हुँदैछ । प्रिमियरमा सिनेमाले सकारात्मक प्रतिक्रिया पनि पायो । नायिका रेजिना उप्रेतिको कमब्याक सिनेमा भनेर पनि यो सिनेमाको खास चर्चा भैरहेको छ ।
त्यसो त यो सिनेमामा मुख्य भुमिका वर्षा सिवाकोटी र अमर प्रताप श्रेष्ठको रहेको छ । जसको चर्चा सिनेबृतमा प्रिमियर पछि झनै बढी छ । तर रंगमंच हुँदै सिनेमा प्रवेश गरेका प्रविण एक अब्बल कलाकार हुन् । दयाहाङ राई, सौगात मल्ल लगायत उनकै कै समकक्षीले रंगमंचबाट आएर अहिले सिनेजगत लिड गरिरहेका छन् । तर प्रविण सिनेमा क्षेत्रमा स्थापित हुन संघर्ष नै निरन्तर चलिरहेको छ ।
प्रविण एक अब्बल कलाकार रहेको उनले अभिनय गरेको सिनेमाहरु बाट पटक पटक प्रमाणित भैसकेको छ । तर उनका सिनेमाले दर्शक नतानेको र उनको पनि लाईमलाईटमा खास चर्चा नहुने गरेको यथार्थलाई पनि बिर्सिन सकिदैन । उनी आफ्नै सिनेमाको प्रमोसनमा पनि खासै सहभागी भएको देखिदैन । प्रमोसनले दर्शक र सिनेमालाई जोड्ने सेतुको काम गर्ने भए पनि उनी जागर चलाएर सिनेमाको प्रचारमा लागेको देखिदैन । यस पटक ‘मोदिबेनी’को प्रचारमा पनि उनको फितलो उपस्थिति देखियो ।
प्रिमियरमा पुगेका अधिकाशं सिनेकर्मीले सिनेमाको प्रसंसा गरे । सिनेमा राम्रो भएको भन्दै कलाकारहरुको अभिनयलाई लिएर बर्णन समेत गरे । तर प्रविण स्वंयमलाई भने सिनेमा चित्त बुझेन् ! उनले सिनेमा अझ राम्रो बन्न सक्ने थियो सम्म भन्न भ्याए । त्यसो त राम्रो कलाकारले आफ्नो काममा कहि न कही कमजोरी भेट्छन भन्ने गरिन्छ । तर पनि सिनेमा हलमा लाग्नै लाग्दा यसरी सिनेमा बारे नकारात्मक बोलिदिदा यसको असर समग्र सिनेमाको ब्यापारमा पनि पर्ने पो हो कि ? यसबारे पनि उनले सोच्न जरुरी छ ।
एक त आफुलाई ब्रान्डिङ गर्न नसकेर प्रविणको चर्चा हुन पर्ने जति छैन् । अझ यस्ता अभिब्यक्तिले उनलाई अझ पछाडी पार्न सक्छ कि ?















