Sur Cinema

सिनेमा ‘लाइफ ड्यामेज’को घोषणा, मुख्य कलाकारमा सुरक्षा र निमेष

काठमाडौं : नयाँ सिनेमा ‘लाइफ ड्यामेज’को निर्माण घोषणा गरिएको छ। शुक्रबार काठमाडौंको कमलादी स्थित गणेश मन्दिरमा पूजा गर्दै सिनेमाको घोषणा गरिएको हो।

सिनेमा फन रिभोलुसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुँदैछ। सिनेमालाई निमेष श्रेष्ठले निर्देशन गर्दैछन्। निमेष तिनै व्यक्ति हुन् जो केही वर्षयता कन्टेन्ट कृयटरको रुपमा निकै चर्चित छन्। निमेषले यसै सिनेमा मार्फत निर्देशनमा डेव्यू गर्न लागेका हुन्।

निर्माण टिमका अनुसार सिनेमा ‘फेन्टासी कमेडी ड्रामा’ श्रेणीमा बन्नेछ। सिनेमामा मुख्य कलाकारको रुपम अभिनेत्री सुरक्षा पन्त रहेकी छिन्। सिनेमामा सुरक्षासँगै निमेष श्रेष्ठको पनि मुख्य भुमिका रहेको छ।

सिनेमाको कथा निमेष श्रेष्ठ र ईशा थापाले लेखेका हुन्। सिनेमा यसै वर्ष रिलिज गर्ने निर्माण टिमको योजना रहेको छ। सिनेमालाई प्रवीण खड्काले खिच्दैछन्। सिनेममा पोस्टर तथा पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनको रहनेछ।

सुरक्षा र निमेषका अलावा सिनेमामा ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनीश जङ्ग थापा, अजय पन्त, निरू खड्का लगायतको अभिनय रहनेछ।