Sur Cinema

आफ्नै व्यावसायिक काममा व्यस्त पृथ्वी भन्छन् : ‘म काम माग्न कतै पनि गईन् ।’

काठमाडौं : सिनेमा ‘डोली’ रिलिजको झण्डै पाँच वर्षपछि नायक पृथ्वीराज प्रसाईं सिनेमा ‘ईश्वर’मार्फत साउन ११ गतेदेखि दर्शकमाझ आउँदैछन् । निर्देशक राजु गिरी निर्देशित सिनेमामा उनी ‘सागर’ पात्रको भूमिकामा छन् ।

पृथ्वीराज भन्छन्, ‘ईश्वर पारिवारिक कथाको सिनेमा हो । म सहरमा बसेर गाउँ फर्किएको युवकको भूमिकामा छु । गाउँमै रहँदा नायिका अनु शाहसँग मेरो प्रेम हुन्छ ।’ यो सिनेमामा त्यति धेरै मेहनत गर्नु परेन’, उनी भन्छन् ।

अनुसँग पृथ्वीराजले केही भिडियोमा सहकार्य गरेका छन् । तर सिनेमामा चाहिँ ‘ईश्वर’ पहिलो हो । ‘भिडियोमा अनुसँग सहकार्य गरेकाले पनि यो सिनेमामा काम गर्दा अप्ठ्यारो भएन । हामीले सहजै आफ्नो काम पुरा गर्यौं’, उनी सुनाउँछन् ।

पृथ्वीराजका अनुसार सिनेमा ‘डोली’ पछि उनलाई कुनै सिनेमाबाट पनि अफर आएन । ‘म काम माग्न कतै पनि गइनँ । म आफ्नै व्यावसायिक काममा व्यस्त थिएँ । घर, व्यवसाय र जिममै समय बिताएँ । तर अफर आयो भने चाहिँ सिनेमामा काम गर्छु भन्ने सोच थियो’, उनी भने ।

‘किस्मत २ मा एक्सन, मंगलममा फ्यामिली ड्रामा र वीरंगनामा एक्सन र डोलीमा एउटा फरक कन्टेन्टमा काम गरेका पृथ्वी भन्छन् अब कमेडी जनरामा काम गर्ने मन छ ।’