Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘हामी छौँ’को गीत ‘यो नजिकको कुरा’ : सलिना र आर्यनको खुलेको प्रेम

काठमाडौं : सलोन सलिना फिल्सम्को प्रस्तुतीमा निर्माण हुन लागेको डकुड्रामा ‘हामी छौं (सिजन १)’को पहिलो गीत सार्वजनिक गरिएको छ। निर्माण टिमले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘यो नकिकको कुरा’ बोलको गीत सार्वजनिक गरेको हो।

गीतमा प्रताप दास र रचना रिमालको स्वर रहेको छ। शम्भुजित बास्कोटाको संगीत रहेको गीतमा आनन्द अधिकारीको शब्द रहेको छ। गीत ओएसआर डिजिटलको युट्युव च्यानलबाट रिलिज गरिएको हो।

यता भिडियोमा भने मुख्य कलाकार सलिना बस्नेत र आर्यन पौडेललाई देख्न सकिन्छ। भिडियोमा उनीहरू निकै रोमान्टिक अवतारमा प्रस्तुत भएका छन्। सलिना र आर्यनको जोडी निकै प्रेमिल पनि देखिएको छ। यि दुईले खुलेर प्रेम गरेका छन्। जोडी पनि निकै आकर्षक देखिएको छ। भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन्।

आगामी दशैंमा ओटिटी प्लेतफर्मबाट रिलिज हुने डकुड्रामा ७ एपिसोडको हुनेछ । सलिना बस्नेत र आर्यन पौडेलको प्रमुख भूमिकामा अभिनय रहेको डकुड्रामामा त्रिसना क्षेत्री, सुशान्तकुमार श्रेष्ठ, समीर खान, शिवराज नेपाल, गणेश बुढाथोकीलगायतको अभिनय छ ।

डकुड्रामाका प्रस्तुतकर्ता शोभित बस्नेतले देशका विभिन्न क्षेत्रमा रहेका असहाय, पीडितको सहयोगार्थ डकुड्रामा बनाइएको बताए । यो डकुड्रामामार्फत सात प्रदेशबाट ७ जना अशक्त, आर्थिक रूपमा कमजोर व्यक्तिलाई छनोट गरिएको थियो ।

डकुड्रामामा रामजी राउत निर्देशन गरेको हुन रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, आनन्द अधिकारीको गीत, शम्भुजित बासकोटाको संगीत, सुशील देवकोटाको लेखन, बन्दे प्रसादको सम्पादन, मदन न्यौपानेको श्रृंगार, केवलमान सिंह बस्नेतको प्रोडक्सन छ ।

डकुड्रामा अष्ट्रेलियासहित नेपालको वीरगञ्ज, सिन्धुली, शिवपुरी, स्याङ्जामा खिचिनेछ ।