Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘माइली’मा लोकप्रिय गायिका कमला घिमिरे, कस्तो होला उनको सिनेमा यात्रा ?

काठमाडौं : ‘चिया छानेको बोलीले हसाउन कत्ति जानेको’ यो गीत नसुनेको त कोनै होलान् र। यही गीत गाएपछि एकाएक लोकप्रिय बनेकी गायिका हुन् कमला घिमिरे। यो गीतले उनलाई धेरै सफलता दियो। उसो त यो गीत गाउनुभन्दा अघि नै कमला भाइरल थिइन्।

प्रत्यक्ष दोहोरीमा सवाल जवाफ फर्काउन निकै माहिर कमला केही युट्युबरले अन्तर्वार्ता लिएपछि झन् भाइरल बनिन्। सानै उमेरमा उनले दर्जनौं गीतहरुमा आवाज दिइसकेकी छिन्। उनले गाएका लाइभ दोहोरी पनि त्यत्तिकै हिट छन्।

अब कमला गायनमा मात्र सिमित भएकी छैनन्। उनले सिनेमामा समेत काम गर्दैछिन।
उनले सिनेमा ‘माइली’बाट डेब्यु गर्न लागेकी हुन् । यसै साता उनले सिनेमा साइन गरेकी हुन् । सिनेमा साइन गरेलगत्तै कमलाको चर्चा पुनः चुलिन थालेको छ। उनले काम गर्न लागेको सिनेमामा अभिनेत्रीद्वय करिश्मा मानन्धर र प्रियंका कार्कीले पनि अभिनय गर्दैछन्।

सिनेमालाई बाबुसाहेब बलामीले निर्देशन गर्दैछन्। सिनेमा यही असारको अन्तिम सातादेखि छायांकनमा जाने बताइएको छ। म्युजिक भिडियोमा अब्बल अभिनय गरेर आफूलाई अभिनयमा साबित गरिसकेकी कमलाले सिनेमामा कस्तो काम गर्छिन् त्यो त पछि नै थाहा होला।