Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘माइली’मा प्रियंका कार्की अनुबन्धित

काठमाडौं : बाबू साहेब बलामीको कथा र निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘माइली’मा अभिनेत्री प्रियंका कार्की अनुबन्धित भएकी छिन्। निर्माण टिमले एक सुचना सार्वजनिक गर्दै प्रियंका आधिकारिक रुपमा अनुबन्धित भएको जानकारी दिएको हो।

रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने सिनेमा सत्य घटनामा आधारित रहने बताइएको छ। निर्माण टिमका अनुसार महिलाले भोग्ने पीडाको कथा सिनेमामा रहनेछ।

सिनेमा यही असारको अन्तिमबाट छायांकन गरिने छ। टिमले मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा सिनेमाको छायांकन गर्नेछ। सिनेमामा शंकर अधिकारी ‘घायल’को गीत र पटकथा, सम्बाद तथा राजेन्द्र बजगाइको संगीत रहनेछ ।