Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

प्रह्लादको ‘एउटा जून’मा प्रभात र ऋचा

काठमाडौं : गायक प्रह्लाद तिमिल्सिनाको नयाँ गीत ‘एउटा जून’ दर्शक तथा स्रोतामाझ आएको छ । ऋचा थापा र प्रभात पाल ठकुरीको जोडीलाई फिचर गरिएको गीतको म्युजिक भिडियो निकै आकर्षक बनेको छ ।

संगीतकार आलोकश्रीले संगीतबद्ध गरेको गीतमा वरिष्ठ गीतकार टेक तामाङले मर्मस्पर्शी शब्दहरु रचना गरेका छन्  । गुञ्जन स्टुडियोमा रेकर्ड गरिएको यो गीतमा नरेन्द्र बियोगीको संगीत संयोजन छ भने सुशिल विक्रम शाहले यसलाई मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।

  सुव्रत आचार्यद्वारा निर्देशित यो गीतको भिडियोमा जया शर्मा क्रिएटिभ डाइरेक्टरको रुपमा रहेकी छिन् । उत्सव दाहालद्वारा छायांकन गरिएको यो भिडियोमा विष्णु खड्काको सम्पादन तथा कलर करेक्सन रहेको छ ।