Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

चित्लाङ बाट डकुड्रामा ‘हामी छौं’को छायांकन सुरु

काठमाडौं : सलोन सलिना फिल्सम्को प्रस्तुतीमा निर्माणको घोषणा गरिएको डकुड्रामा ‘हामी छौं(सिजन १)’को सुटिङ सुरु भएको छ । डकुड्रामाको प्रस्तुतकर्ता शोभित बस्नेत हुन् । आगामी दशैंमा ओटिटी प्लेटफर्मबाट रिलिज हुने डकुड्रामा ७ एपिसोडको हुनेछ ।

सलिना बस्नेत र आर्यन पौडेलको प्रमुख भूमिकामा रहने डकुड्रामामा त्रिसना क्षेत्री, सुशान्त कुमार श्रेष्ठ, समीर खान, शिवराज नेपाल, अनिता गिरी र गणेश बुढाथोकी लगायतको अभिनय छ ।

डकुड्रामाका प्रस्तुतकर्ता शोभित बस्नेतले देशका विभिन्न क्षेत्रमा रहेका असहाय, पीडितको सहयोगार्थ डकुड्रामा बनाइएको बताए भने उनले गीतबाट डकुड्रामाको छायांकन सुरु गरिएको जानकारी दिएका छन् ।

यो डकुड्रामामार्फत सात प्रदेशबाट ७ जना अशक्त तथा आर्थिक रूपमा कमजोर व्यक्तिलाई छनोट गरिएने छ । डकुड्रामामा रामजी राउत क्रिएटिभ डिरेक्टर, रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, आनन्द अधिकारीको गीत, शम्भुजित बासकोटाको संगीत, सुशील देवकोटाको लेखन, बन्दे प्रसादको सम्पादन, मदन न्यौपानेको श्रृंगार, केवलमान सिंह बस्नेतको प्रोडक्सन छ ।

डकुड्रामा अष्ट्रेलियासहित नेपालको वीरगञ्ज, सिन्धुली, शिवपुरी, स्याङ्जामा खिचिनेछ । यसको सुटिङ अवधि ४५ दिन रहनेछ ।