Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

इशान राउत ‘जिरे’ अब ‘ज्वाइँ साब’मा

मकवानपुर : मकवानपुरको चित्लाङमा छायांकन भइरहेको सिनेमा ‘ज्वाइँ साब’मा कलाकार इशान राउत पनि जोडिएका छन् । हाँस्य सिरियल ‘जिरे खुर्सानी’मा बाल–कलाकारको रुपमा अभिनय गरेपछि इशानको चर्चा निकै चुलिए । आम दर्शकले उनलाई ‘जिरे’ उपनामले समेत चिनेका थिए । तर, उनी लामो समयदेखि मिडियामा देखिएका थिएनन् । अब उनी बसन्त निरौलाको निर्देशनमा सुटिङ भइरहेको सिनेमा ‘ज्वाइँ साब’मा देखिदैछन् ।

रोचक कुरा त के छ भने, यो सिनेमाको शिर्ष भूमिकामा जीतु नेपालले अभिनय गरिरहेका छन् । जीतुले नै निर्देशन गरेको ‘जिरे खुर्सानी’बाट इशान स्थापित भएका थिए । बाल–कलाकारको रुपमा स्थापित भएका इशान अब ठूलो भइसकेका छन् । उनको सिनेमामा कस्तो भूमिका रहनेछ भन्ने बिषयमा निर्माणपक्षले केही पनि खुलाएको छैन् । तर, सिनेमामा उनलाई र जितु नेपाललाई एकसाथ देख्दा दर्शकको ध्यान पक्कै पनि तानिनेछ ।

२० दिन चित्लाङमा खिचेर यसको निर्माणपक्ष सौराहा र इलाम पुग्नेछ । सिनेमामा जितुको जोडीको रुपमा नीति शाहले अभिनय गरिरहेकी छिन् । राजकुमार पण्डितको प्रस्तुतिमा तयार भइरहेको यो सिनेमालाई तिहारमा रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।

यो सिनेमामा वुद्दि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, प्रकाश घिमिरे, निमा पाण्डे लगायतका कलाकारको पनि अभिनय छ । सिनेमामा मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहनेछ । बिजय बस्याल कार्यकारी निर्माता रहेको सिनेमामा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।