Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

फुटाउनेको जगतमा जुटाउने रेखा

काठमाडौं : पछिल्लो पुस्ताका नायक नायिकाको एक अर्कामा सम्बन्ध राम्रो नरहेको चर्चा हुने गर्छ । सामान्य विवाद मात्रै आएको सम्बन्धलाई पनि सन्चार माध्यमले अझ बढाउने गरेको आरोप पनि लाग्छ । प्राय जसो कलाकार सन्चार माध्यम नै सम्बन्धमा दुरी बढाउने कारण रहेको चर्चा गर्छन् । तर, हावा नचली पात हल्लिदैन भने झै सन्चार माध्यमको स्रोत गलत पर्ने हो भने एलिना चौहानको ब्रेकअपको खबर झै केही समय मै “फ्लप” सावित भैहाल्छ ।

नायिकाद्वय पूजा शर्मा र सुस्मा कार्की जन्मजात सत्रु झै लाग्थे । हुन पनि एक अर्का प्रति खनिने मात्रै होइन एक अर्काका फ्यानहरु बिच सामाजिक सन्जालमा राम्रै लडाई हुने गर्थ्यो । लामै समय अघि यी दुईलाई मिलाउने प्रयास अर्की नायिका रेखा थापाले गरेकी थिइन् । तर, एक अर्काले यसरी ब्यवास्था गरे कि मानौ यी दुई एक अर्काले हिडेको बाटो समेत हिड्न चाहदैनन् । तर, रेखाले हार मानिनन् । अन्तत दुईलाई आफ्नै सिनेमा “उपहार” मार्फत एकसाथ काम गराईन । र, एक अर्का बिच हुदै नभएको शत्रुताको अन्त्य गरिदिइन ।

त्यस्तै दुई कलाकार पूजा शर्मा र प्रदीप खड्काको पहिलो सफल सिनेमा थियो “प्रेम गीत”। तर यो सफलता पछि यी दुई एक अर्काको मुख समेत नहेर्ने झै देखिए । एक अर्कामा सत्रुता रहेको भनेर खबर पनि बने । हुन पनि सफल मानिएको प्रेम र गीतको जोडी सिनेमामा त जोडिएन नै ब्यक्तिगत जिवनमा पनि राम्रै दुरी रहेको चर्चा भयो । तर अब भने मिडिया मै एक साथ यी दुई देखिएका छन । एक अर्का बिच समस्या नरहेको बताउदै अन्कमाल नै गरेका छन् । र, यसको पछाडीको कारण पनि रेखालाई नै मानिएको छ । रेखाकै पहलमा यी दुई पनि पुराना कुरा बिर्सिएर अगाडी बढेका छन् भने सहकार्य गर्न पनि तयार छन् ।

यसरी हेर्दा फुटाउनेको भिड रहेको सिनेजगतमा रेखा एक नाम देखिन्छ जस्ले सबैलाई जोडेर एक बनाएर अघि बढ्न खोजिरहेकी छन् । त्यसो त दिनेश राउत जसले तिन स्टार प्रदीप खड्का, पल शाह र आर्यन सिग्देललाई एउटै स्कृन सेयर गर्न तयार बनाए । यो पनि कम हिम्मतको काम भने थिएन । सिनेमा नचलेर नाजुक अवस्थामा पुगेको बेला रेखा र दिनेश जस्ता अन्य केही पात्र खडा हुन सके निर्माताको लगानी त बच्थ्यो नै कलाकार र प्राविधिकले समेत काम पाईराख्ने थिए ।