Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘बेहुली फ्रम मेघौली’को फस्टलुक पोस्टर : कसलाई पछ्याउँदै छिन् स्वस्तिमा ?

काठमाडौं : वर्ष २०८१ को विजयादशमी (दसैँ) लक्षित गर्दै प्रदर्शन घोषणा गरिएको सिनेमा ‘बेहुली फ्रम मेघौली’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा सिनेमाको अभिनेत्री स्वस्तिमा खड्का बेहुली अवतारमा प्रस्तुत छिन् । बेहुलीले लगाउने रातो रंगको साडी र चोलीमा देखिएकी उनी उभिएर ट्याक्टर हाँकिरहेको अवस्थामा चित्रित छिन् । उनले कसैलाई पछ्याइरहेको संकेत पोस्टरले गर्छ ।

साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशनमा तयार भएको सिनेमामा स्वस्तिमाको जोडी उनकै श्रीमान् तथा अभिनेता निश्चल बस्नेतसँग बाँधिएको छ । सिनेमामा आमिर गौतम, विजय बराल, सिम्रन खड्का लगायतको पनि अभिनय रहेको छ । चितवनको मेघौलीमा छायांकन गरिएको यहि सिनेमा मार्फत स्वस्तिमा निर्मात्री समेत बनेकी छिन् ।

स्वस्तिमासँगै निश्चल बस्नेतको निर्माण रहेको सिनेमाको कार्यकारी निर्मातामा शंकर पाण्डे र फिरोज खड्का हुन् । सिनेमामा निर्देशकद्वय आकाश र साजनको संयुक्त लेखन छ । उनीहरुले यही सिनेमाबाट निर्देशनमा डेब्यु गरेका छन् ।