Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘छक्का पञ्जा ५’को पोस्टर रिलिज,दीपकको रानी बन्दै वर्षा

काठमाडौंः दीपाश्री निरौलाको निर्देशनमा सिनेमा ‘छक्का पन्जा ५’ निर्माण हुने भएको छ । बिहिबार बिहानै निर्माण टिमले सिनेमाको पोस्टर सार्वजनिक गर्दै सिनेमा बन्ने पक्का गरेका हुन् भने सिनेमा आजै बाट छायांकन जाँदै छ ।

आगामी दशैँ अर्थात असोज २४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको सिनेमाको पोस्टरमा नायिका वर्षा सिवाकोटीलाई केदार घिमिरेले छाता ओडाएका छन् भने राजाको भुमिकामा दीपकराज गिरी देखिएका छन् । पोस्टर हेर्दा दीपकराज गिरी अघिल्लै सिरिजमा जस्तो राजाको भुमिकामा अभिनय गर्न लागेको बुझिएको छ।

यस सिनेमामा को अभिनेत्री हुने भन्ने खासै चर्चा सुनिएको थिएन । तर ,आफ्ना दर्शकलाई निर्माणपक्षले अचानक वर्षा मुख्य भुमिकामा रहेको संकेत गर्दै पोस्टरमा राखेको छ। यो सिनेमाका हरेक सिरिजमा नयाँ नयाँ नायिका अनुवन्धित हुँदै आएका छन् । यसपटक भने ब्लकबस्टर सिनेमाको पाँचौ सिरिजमा वर्षा अनुबन्ध भएकी हुन् । सिनेमाको लगानी दीपकराज गिरी,केदार घिमिरे (माग्ने बुढा’लगायत छक्का पञ्जा टिमकै हुने निर्माणपक्षले जनाएको छ।