Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘लण्डन टु पेरिस’ टिजर : निश्चल र साम्राज्ञीको प्रेममा खटपट

काठमाडौं : घनश्याम लामिछाने निर्देशित सिनेमा ‘लण्डन टु पेरिस’को टिजर सार्वजनिक भएको छ । टिजरमा सिनेमाका प्रमुख कलाकार निश्चल खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहबीचको प्रेम र खटपटलाई स्थान दिइएको छ । टिजरमा कवीर खड्का र गरिमा शर्मालाई पनि राम्रो स्थान दिइएको छ ।

एबी इन्टरनेशनलको प्रस्तुति रहेको सिनेमामा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । सिनेमाको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । अमित बस्नेतले निर्माण गरेको सिनेमामा आरोन बस्नेत, एरियाना बस्नेत र परी राना निर्माता छन् ।

सनिश खकुरेल र अजित केआर थापा सह-निर्माता रहेको सिनेमामा अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी कार्यकारी निर्माता छन् । रोहित कट्टेल र रत्न श्रेष्ठ अर्थात आरआर फिल्मस्ले सिनेमालाई नेपालभर वितरण गर्नेछ । आगामी जेठ २५ गतेबाट रिलिज हुदैछ ।

सिनेमामा अभेद परव र कुनाल कदमको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लङ्गनेस फर्नान्डेजको कोरियोग्राफी छ ।