Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

बिन्ध्यवासिनी मन्दिरमा पुजा गर्दै ‘एक्टर’को छायांकन सुरु

काठमाडौं :  सिनेमा ‘एक्टर’को छायांकन आजबाट सुरु गरिएको छ । पोखराको बिन्ध्यवासिनी मन्दिरमा पुजा गर्दै सिनेमाको छायांकन सुरु गरिएको निर्माणपक्षले बताएको छ । सिनेमाको शुभसाइत समारोहमा नायक प्रदिप खड्का र नव–नायिका दिव्या रायमाझी उपस्थिती थिए । उनीहरुले क्यामेरा पुजा गर्दै भगवान् सँग आर्शिवाद थापेका थिए ।

राजन भुसालको निर्देशनमा तयार हुन लागेको यो सिनेमामा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौला लगायतका कलाकारहरुको अभिनय रहनेछ । सिनेमाको केही दिन अगाडि भैंसीपाटीस्थित कार्यविनायक मन्दिरमा बैद्दिक विधि अनुसार पूजापाठ समेत गरिएको थियो ।

यो सिनेमाको छायांकन पोखरामा १० दिन गरिनेछ । काठमाडौंमा भने सिनेमाको छायांकन एक महिना गरिने निर्माणपक्षले बताएको छ । थमन कुमारी भण्डारी यो सिनेमाका निर्माता हुन् । अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा तयार हुन लागेको यो सिनेमालाई नरेन्द्र मैनालीले छायांकन गर्नेछन् । सिनेमाको लाइन प्रोड्यूसरमा तोरन क्षेत्री रहेका छन् । सिनेमालाई आगामी कार्तिक १५ गते लक्ष्मीपूजाको दिनबाट प्रदर्शन गरिने छ ।