Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

फ्राइडे रिलिज : सिनेमा घरमा ‘खजुरे ब्रो’

काठमाडौँ: सुरज सुनुवारको लेखन तथा निर्देशनमा बनेको सिनेमा ‘खजुरे ब्रो’ आजबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आएको छ। साथीको सम्बन्ध र पैसाले श्रीमान श्रीमतीको सम्बन्धमा ल्याउने उतार चढावको कथा बोल्ने सिनेमाको निर्माण सुरज सुनुवार र नवीन मानन्धरले गरेका हुन् । सिनेमामा सहकारी ठगीको विषयलाई समेत गम्भीरताका साथ उठाउन खोजिएको छ।

सिनेमाको काठमाडौँ र धरानमा ग्राण्ड प्रिमियर गरिएको थियो। प्रिमियरमा सिनेमा हेर्ने सबैले सिनेमाले पूर्ण मनोरंजन दिएको प्रतिक्रिया दिएका छन् । धरानमा सुम्निमा पारुहाङ्ग सहयोगार्थ च्यारिटी शो (पेड प्रिमियर) गरिएको थियो ।

रेअर राइ, नीति शाह, नवीन मानन्धर, महेश त्रिपाठी, विनीता थापा, पुष्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दीपचन्द्र राई, शान्तिला तामाङ लगायतको अभिनय रहेको छ । दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा सिनेमा निर्माण गरेको हो । नवीन मानन्धर र सुरज सुनुवार निर्माता रहेको सिनेमामा सुनिल श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सहनिर्माताको रुपमा जोडिएका छन् ।

आरआर फिल्मस्ले सिनेमा वितरणको जिम्मा लिएको छ । डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको ‘खजुरे ब्रो’ शिशिर विशंखेले खिचेका हुन् । मित्र डी गुरुङको सम्पादन, अनमोल गुरुङको संगीत समावेश छ ।काठमाडौंसँगै दार्जलिङ, धरान र इटहरीमा सिनेमाको छायांकन भएको हो । सिनेमामा धरानको स्थानीय कला तथा मौलिक लवजलाई विसेष तरिकाले प्रस्तुत गरिएको छ।