Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

प्रकाश सपूतको निर्देशनमा अभिनय गर्दै स्वस्तिमा

काठमाडौं : गायक प्रकाश सपूत अब निर्देशक बन्ने भएका छन् । सिनेमा “परदेशी २” मा अभिनय समेत गरेका उनले आफ्नै सिनेमा मार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन् । काठमाडौंको बिग मुभिजमा एक कार्यक्रम गर्दै उनको अभिनय र सङ्गीत समेत रहने “वसन्त” नामक सिनेमाको आधिकारिक घोषणा गर्दै उनले यसको जानकारी दिएका हुन् ।

सिनेमामा उनको साथमा स्वस्तिमा खड्काले अभिनय गर्ने भएकी छन् । साथै मुख्य सहायक निर्देशकको रुपमा उनकै भाइ सुनिल विक रहने छन् । सिनेमामा उनको निर्माण कम्पनि गलबन्दी प्रोडक्सनको लगानी रहनेछ । साथै मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी सेरचनले उनलाई कार्यकारी निर्माताको रुपमा सघाउदैछन् ।

गीतसङ्गीतमा अब्बल छवि बनाउन सफल सपूतलाई सिनेमाको अभिनय पनि फापेको छ । सिर्जना कै निम्ति जन्मिएका झै लाग्ने सपुतको सिनेमा निर्देशन पनि अब्बल हुने अपेक्षा आम दर्शकको छ । सिनेमा २०८१ चैते दशैंमा रिलिजको तयारी गरिएको छ ।