Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘बलिदान’ दशैंमा ल्याउने बारे यसो भन्छन् निर्माता तथा निर्देशक सन्तोष सेन

काठमाडौं : सबैलाई हतारो छ । लक्ष्यमा पुगेपछि के त, भन्ने प्रश्नको जवाफ विद्वान् हरु खोज्न लागेका छन् । तर, लक्ष्य तय गरेकाहरु त्यही लक्ष्य पाउन साम दाम दण्ड भेद तयार गर्न लागिरहेका छन् । सामान्य रुपमै सोच्दा पनि लक्ष्य प्राप्तिको होडमा एक एक खुड्किला पार गर्न भन्दा हतारिएर जान खोज्दा कि त प्राप्तिको मजा हुदैन कि पाएको कुरा आफुले खोजे झै पाईदैन् । त्यसैले हतारिनु ब्यर्थ देखिन्छ ।

नेपाली सिनेमा बनाउनेका कुरा गरौ, वान लाईन स्टोरी फाइनल हुन पाएको हुदैन सिनेमाको रिलिज मिति तय हुन्छ । प्रदर्शन मिति नपाउने दुखले पनि होला निर्माता आतिएका । तर, प्रोडक्ट राम्रो नबनी बाहिर ल्यादाए हतारोले सिनेमा “अगस्त्य” पनि बन्न सक्छ । हलमा पुगेपछी पछुताउनु र पटक पटक नया फाईल पठाउनु भन्दा पहिला नै तयारी सकेर प्रदर्शन मिति तय गर्दा सिनेमाको व्यापारलाई पनि फाईदा नै हुन्छ ।

सिनेमा “बलिदान” को चर्चा हुन थालेको लामै समय भयो । भब्य सेट बनाएको देखि बाघ नायक नामले परिचित बिराज भट्टका छोरा समीरलाई लिएर सिनेमाको चर्चा भैरहेको छ । निर्माता तथा निर्देशक सन्तोष सेन पनि पहिला भन्दा भिन्न काम गर्न लागेको बताउछन् । फरक यस अर्थमा कि पहिला काल्पनिक कथा बोलाउने उनले यस पटक यथार्थ परक कथामा काम गर्दै छन रे ।
तर, सिनेमा यसै वर्षको दशैंमा आउने बताए पनि सिनेमाको खास तयारी भने देखिदैन । यसै बारे सुरसिनेमाकर्मी सुरेन्द्र थापाले गरेको ‘पुर्व निर्धारित समयमा नै सिनेमा तयार होला त?’ प्रश्नको जवाफमा सेनले त्यसै अनुरुपको तयारी रहेको बताएका छन् । उनले डेढ वर्ष यता सिनेमामा काम गरिरहेको बताउदै सेट पनि तयारी अवस्थामा रहेको बताए । तर, अन्तिम अवस्थामा अर्थात उनीहरुको योजना अनुरुप जाने हो भने छायांकनमा जानै लाग्दा टिमले अडिसन आव्हान गरेका छन् ।

बिराटनगर र आसपास सेट नै बनाएको बताउदै तयारीको चर्चा गर्दै गरेका सेन यस पटक भने अकमकाए । उनले आन्तरिक रुपमा नै कलाकार खोजी गरेकोमा नपाएपछि अडिसनको पाटोमा जान परेको बताउदै यही कारण सिनेमा पुर्व निर्धारित समयमा रिलिज हुन नसके केही समय पछि सर्न सकिने तर्क दिए । उनका अनुसार पोस्ट प्रोडक्सनको काम समेत सेट बाटै हुने हुनाले फ्लोरमा गए पछि काम रफ्तारमा जाने छ । तर, सिनेमा निर्माण उनले भनेजस्तै गरि मिलेर अघि बढाउन सहजै सकिने काम होइन् । यस बारे उनी स्वयम् पनि जानकार छन् । बाँकी त सेनले भने झै सबै कुरा मिलेमा दर्शकले यही दशैंमा सिनेमा हेर्न पाउने नै छन् ।